मूल प्रवाहद्वारा आर्थिक सहयोग

चंडीगढ़, २ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चण्डीगढले दूर्घटना पिडीत पारस पंथीलाई आर्थिक सहयोग गरेको छ ।

प्यूठान जिल्ला, झिमरुक गाउँपालिका २ वाङ्गे स्थायी घरभइ हाल हरियाणा करनाल सेक्टर ३ मा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज करनाल नगरका कार्यकर्ताहरु विष्णु पंथी र लक्ष्मी पंथीको कान्छो छोरा पारस वर्ष १६ को २५ डिसेम्बर २०१९ को सडक दुर्घटनामा दाहिने खुट्टा गंभीर रूपमा भाचिएको र करनालको सरकारी हस्पिटलबाट चंडीगढ़ रेफर गरेको खवर करनाल नगरका विक्रम रानाबाट थाहा लागेपछि नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, इन्डस्ट्रियल एरिया कोषाध्यक्ष– सरस्वता भुसाल र सुनिता समेतका कार्यकर्ताहरु हस्पिटल पुगी सोधपुछ गर्दा पिडीतको आर्थिक स्थिति निम्न रहेको र तत्काल अप्रेशनको खर्चसम्म नभएकोले ऋण सहयोगसम्म उपलब्ध गराइएको थियो ।

त्यसपछी पिडीत विष्णु पंथीले मूल प्रवाह चंडीगढ़ नगर समितिलाई पुनः आर्थिक सहयोगको आग्रह गरेपछि ०२ जनवरीको मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड़का, नेपाली समाचार सम्वाददाता खिमराज चालिसे, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, मूल प्रवाह नगर अध्यक्ष मानवहादुर केसी, कोषाध्यक्ष किसन खनाल, महिला नगरका सरस्वता भुसाल र गोमा जीसी, मूल प्रवाहका खुमानन्द खनाल लगाएतको प्रतिनिधि मण्डल हस्पिटल पुगी घाइते पारस पंथीको वुवा–आमालाई नेरु १० हजार नेरु सहयोग हस्तांतरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार