आगामी मंसिर ४ गते संसदीय निर्वाचन

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशको निर्वाचन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।

बुधबार बसेको पाँच दलीय गठबन्धन बैठकले मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार