विप्लव छाडेका धर्मेन्द्र बास्तोला र मोहन वैद्यको पार्टीबीच एकता हुने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुने भएको छ ।

दुई दलबीच बसेको संयुक्त बैठकले एकतालाई अघि बढाउने निर्णय गरेको हो। सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरिएको संयुक्त विज्ञप्तिमा जनाइएको छ।

साथै, क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन र व्यक्तित्वहरुलाई समेत यस प्रक्रियामा सामेल हुन आग्रह गरिएको छ।
नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व मोहन वैद्यले गरिरहनुभएको छ ।

नेकपा (बहुमत) विप्लव नेतृत्वको नेकपाबाट अलग भएर बनेको पार्टी हो, जसको नेतृत्व धमेन्द्र बास्तोला कञ्चनले गर्नुभएको छ ।

दुवै दलले जारी गरेको प्रेस वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन र व्यक्तिहरुलाई एकता प्रक्रियामा सामेल हुन आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार