झुक्नै नहुने हार्दै नहार्ने विचारलाइ सलाम ।

#खिमराज चालिसे

झुक्नै नहुने हार्दै नहार्ने बिचारलाई सलाम।
तुफानलाइ पनि रोक्ने अडानलाई छ सलाम।।
ज्वारभाटा चिर्दै बढिरहेको दर्शनलाई सलाम।
पत्थर भन्दा गह्यो ठोस सिद्धांतलाई सलाम।।
काप्दै नकाप्ने हर्दयको स्कन्दनलाई सलाम।
दृढता का अदभूत पदचापलाई छ सलाम।।
अदम्य हिम्मतका निर्भिक विचारलाई सलाम।
दुश्साहास चिर्ने विष्लेशणलाई मेरो सलाम।।
अन्धकार चिर्ने प्रतिभालाइ छ मेरो सलाम।
स्पात भन्दा सुदृढ घनिभुत स्तम्भलाई सलाम।।
संसार बदल्ने साहित्यिक रचनालाई सलाम।
शिखर चुम्ने अटल ती हातहरुलाई सलाम ।।
दिव्य दृष्टिको जस्तै तार्किकतालाई सलाम।
हरपल हरक्षण अलौकिक दक्षतालाई सलाम।।
शव्दै कोर्न नसक्ने व्यक्तित्वलाई मेरो सलाम।
ज्ञानको अमृत वर्षारुपी मार्क्सवादलाई सलाम।।

अवसरवाद विरुद्बका आवाजलाई सलाम।
रक्षाकवच बन्ने सबै हातहरुलाई सलाम।।
विलक्षण प्रतिभा रुपी दर्शनलाई छ सलाम।
चम्किरहने धर्तिको रातो तारालाई छ सलाम ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार