पंचकुलामा एरिया भेला सम्पन्न

चंडीगढ़, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित पंचकुला एरिया समितिको दोश्रो भेला विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा सहित सम्पन्न गरिएको छ ।

एडवोकेट माधव पोख्रेलको अध्यक्षतामा तथा नरेंद्र वलम्पाकीको सञ्चालनमा सम्पन्न भेलामा विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहण पश्चात भेलाले १९ सदस्यीय एरिया समितिको पुनर्गठन गरेको छ । भेलाद्वारा चयन समितिको घोषणा सदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्यले गर्नुभएको थियो ।

जस्माः अध्यक्ष– सुरेश आचार्य, सचिव– नरेन्द्र बलम्पाकी, सहसचिव– सीता खनाल, कोषाध्यक्ष– करन बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरुमाः शिव लाल घिमिरे, मायाँ आचार्य, मायाँ बलम्पाकी, हुम बहादुर थापा, विष्णु गौतम, टेक बहादुर, युवराज पाण्डेय, कमला आचार्य, विष्णु खत्री, मदन महतरा, सरस्वती देवी, ढोल बहादुर, शिवराम थापा, गोपी किशन र प्रिंस हुनुहुन्छ ।

नवगठित समिति तथा कार्यकारिणीहरुलाई मूल प्रवाह केन्द्रीय सल्लाहकार तिलक पौडेलले प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिनुभयको थियो । त्यस्तै महिला नगर विभागकी संयोजक माया आचार्य र अखिल भारत नेपाली विद्यार्थी संघ सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोख्रेल नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार