तारापुरमा बिद्यार्थी संगठनको भेला संम्पन्न

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत अखिल भारत नेपाली बिद्यार्थी संघको भेला ज्ञान प्रसाद भट्टराईको पहलमा र मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवरको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

भेलाले हरिओम पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरिएको छ । जसमाः सचिव– करिस्मा पुन, कोषाध्यक्ष– मान्सी कुँवर, सदस्यहरुमा क्रमशः पारस थापा, धनेस थापा, मनिशा बडु, दिपिका बर्मा, मनिशा परियार, भुमिका गुरुङ, करिना पुन, भुवन थापा, प्रताब थापा र बादल कुँवर रहेका छन् ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य उषा तरामी, रक्तिम केन्द्रीय विभागका बोम सिंजापती, मूल प्रवाह तारापुर नगर अध्यक्ष खड्क बहादुर राई लगायतले मन्तव्य दिनुका साथसाथै नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

हरिओम पान्डेको अध्यक्षता तथा ज्ञान प्रसाद भट्टराईको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा अखिलको झन्डा फरर बोलको गितबाट स्वागत गरिएको थियो भने स्वागत मनतब्य करिश्मा पुनले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार