हिमांचलको केलङ पुलिस थानामा दुई नेपाली बालक, आफन्तको खोजीमा मूल प्रवाह

हिमांचल । भारतमा आफन्तबाट सम्पर्कविहीन भएका दुई नेपाली बालकलाई प्रहरीले संरक्षण दिएको छ । हिमांचल राज्यको केलङ पुलिस थानामा रहेका ११ वर्षीय सुनील र सागरले आमाको मीना र बुबाको नाम प्रेम बताएका छन् ।

यस्तै, उनीहरुले आफ्नो घर कटराई जुम्ला बताएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।

ती दुई नेपाली बालकको आफन्तको खोजीमा मूल प्रवाह जुटेको छ । अहिले दुवै बालक भारतको हिमांचल राज्यको केलङ पुलीस थानामा रहेको मूल प्रवाह हिमांचल राज्य समितिद्वारा सञ्चालित मनाली नगर अध्यक्ष साइला लामाले जानकारी दिनुभएको छ ।

उनीहरुका आफन्तहरुले मनालीमा साइला लामा +९१९८१६०८९८७५ वा केलङ पुलीस थानामा सम्पर्क गर्न मूल प्रवाहले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार