चुनौती

#विष्णु शर्मा

नथाकी हिड्ने पाइलाहरु,
पुग्नेछन् गन्तव्यसम्म ।
किरा नलागेका बोटबिरुमा,
लाग्नेछ फल लटरम्म ।।

यात्रा गर्दा आउने छन्,
कठिनाइहरु अनगिन्ती ।
चट्टानहरु बर्साउनेछनु,
पारेर अफ्ठ्यारा घुम्टी।।

ढुङ्गा मुडा अर्कोले मात्र होइन,
आफ्नैले पनि बर्षाउन सक्छन् ।
अगाडि साख्खै आफ्नो बनी,
पछाडिबबाट खुकुरी तेर्छेउन सक्छन् ।।

पाइला पाइलामा हजारौं,
चुनौतीहरु आउन सक्छन् ।
कुनै भिजन नभएकाहरुले पनि,
रिष र कुण्ठाको भरमा सारा तागत लगाउन सक्छन्।।

जसमा हुनेछ निपुर्ण ज्ञान,
दिनेछ जसले कठोर आचार संहितामा ध्यान।
तिनै पाइला पुग्छन् लक्ष्यमा,
अनगिन्ती गरिखाने बर्ग जुट्नेछन् उनीहरुको पक्षमा।।
। समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार