अनिल परियारप्रति मूल प्रवाहद्वारा श्रध्दाञ्जली

-विकाश मल्लठकुरी

च.दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीले भारतमा मृत्यु भएका युवक अनिल परियारप्रति श्रध्दाञ्जली अर्पण गरेको छ ।

मूल प्रवाह नगर संगठन समितिका सदस्य सुखबिर परियारको २० बर्षिय माईलो छोरा थिए । उनी आफ्ना साथीहरूसँग नहरमा नुहाउनको लागि गएका थिए । नुहाउने क्रममा एकासी नहर आएर डुबानमा पारेको थियोे ।

सो घटनालाई संगठन समितिले स्थानीय प्रशासनलाई खबर गरेको थियो । प्रशासन र मूल प्रवाहका कार्यकर्ता मिलेर करिब (४) चार घण्टा पछि शब फेला पारेको थियोे । प्रशासनले प्रोस्टमाटम गरि परिवारलाई दाहसंस्कार गर्न अनुमती दिएको थियो ।

अनिलको दाहसंस्कार मूल प्रवाहका कार्यकर्ताको उपस्थितिमा गरिएको थियो । सोही समयमा शोक सभा राखेर मूल प्रवाहले मृतक युवकप्रति श्रध्दाञ्जली अर्पण गरेको थियो । शोक सभामा मूल प्रवाहका नगर समिति भिवानीका अध्यक्ष मोहन सिंह विकको उपस्थित रहेकोे थियो । ईन्द्र बहादुर बाठामगरको सञ्चालन र कबिर विकको अध्यक्षता रहेको थियो । किसन विक, लालसिंह विक, बुधराम विक, गणेश विक, सुर्जा विक, अन्य सदस्यको उपस्थिति रहेको थियोे । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारणा प्रकट गर्दाछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार