कोट्यामको आलापुषामा एरिया समिति गठन

कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत आलापुषा स्थित श्रमजिवी नेपालीहरु बीच छलफल पश्चात् राजु बोहोरा, भिम बहादुर बिष्ट र नगर सचिव मनोज जिसीको विशेष पहलमा नगर अध्यक्ष धर्मराज शर्मा, के. स. चोबनाथ शर्मा, क्षे.स. भद्र बहादुर श्रीष र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलाले भिम बहादुर बिष्टको अध्यक्षतामा ९ पुर्ण, ४ बैकल्पिक र ६ सल्लाहकार सहित १९ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

जस्मा : उपाध्यक्ष– राजु बोहोरा, सचिव– जगत बाहादुर सिंह, सहसचिव– पदम बहादुर सिंह, कोषाध्यक्ष– लालबहादुर शाही रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः डम्बर बहादुर सिंह, पदम बहादुर शाही, सोनु सिंह, दिल बहादुर सिंह र वैकल्पिक सदस्यमाः अशोक शाही, गोपाल खत्री, जंग बहादुर घर्ती र नरेन्द्र बहादुर सिंह रहेका छन् । त्यस्तै शंकर उपाध्या, नन्दलाल उपाध्याय, धन बहादुर धामी, अर्जुन घर्ती, बिष्णु सिंह र डम्बर बहादुर शाही सल्लाहकार रहनु भयको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार