पत्रकार महासंघ भारत शाखाको तेश्रो अधिवेशन सम्पन्न

नयाँ दिल्ली, ११ सितम्बर । नेपाल पत्रकार महासंघ भारत शाखाको तेश्रो अधिवेशन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । अधिवेशन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखे्रको प्रमुख आतित्थ्यता एवं निवर्तमान अध्यक्ष गोविन्द आचार्य र केन्द्रीय प्रतिनिधि राजेश मिश्राको विशेष आतित्थ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनले देबेन्द्र कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमाः वरिष्ठ उपाध्यक्षमा- गोविन्द पोख्रेल, खुल्ला उपाध्यक्षमा- धन बहादुर विक, महासचिवमा- धनवीर पुन मगर, खुल्ला सचिवमा- इन्द्रकमल जैरु, समावेशी सचिवमा- सुवास बस्नेत, कोषाध्यक्षमा- खुम बहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै रा.प.स.मा- देवेन्द्र केसी र लोकेन्द्र कुमार चन्द चयन हुनुभएको छ ।

सदस्यहरुमा क्रमशः केशव पोखे्रल, खिमराज चालिसे, कमल सिंह, निलम क्षेत्री, भरत कुमार पौडेल, कृष्ण शर्मा, दिपेन्द्र ढकाल, जुद्ध बहादुर घर्ति, राम जोशी, टेकनारायण दयालु र दिनेश चन्द जैसवाल रहनुभएको छ । निवर्तमान महासचिव अर्जुन खनाल प्रमुख सल्लाहकारमा चयन हुनुभएको छ । नयाँ कार्य समितिको घोषणा केन्द्रीय प्रतिनिधि राजेश मिश्राले गर्नुभएको थियो


कार्यक्रममा नेपाली दूतावासका मिनिस्टर पोलिटिकल काउन्सलर आनन्द शर्मा, एनआरएनका केन्द्रीय प्रवक्ता सोम सापकोटा, अलइंडिया रेडियो नेपाली सेवाका अशोक चौरशिया, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य शिव केसी, जनसम्पर्क समितिका कृष्णराज पाण्डे, एभरेष्ट चेम्बर अफ कमर्श इंडष्ट्रिजका अध्यक्ष युवराज बराल, सह महासचिव एलवि पाण्डे, प्रवक्ता प्रमोद खरेल, कोषाध्यक्ष सुमन आत्रे (सिए), प्रवासी नेपाली मित्र मञ्चका विष्णु प्रसाद खनाल, सुपा देवी देउराली टुर एण्ड ट्रावल्सका व्यवस्थापक दिल खत्री, मञ्जुश्री टुर एण्ड ट्रावल्सका राम पौडेल लगायत विभिन्न संघ संस्थाबाट अधिवेशनमा सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष विपुल पोखे्रल, निवर्तमान अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय प्रतिनिधि राजेश मिश्रा, नेपाली दूतावासका मिनिस्टर पोलिटिकल काउन्सलर आनन्द शर्मा, अलइंडिया रेडियो नेपाली सेवाका अशोक चौरशिया, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य शिव केसी, जनसम्पर्क समितिका कृष्णराज पाण्डे, एभरेष्ट चेम्बर अफ कमर्श इंडष्ट्रिजका अध्यक्ष युवराज बराल, साउथ एशिया युनिभरसिटीका प्रोफेसर युवराज पोखरेल लगायतले अधिवेशन शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता लोकेन्द्र कुमार शाहले र सञ्चालन गोविन्द पोख्रेलले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि नेपाल एवं भारत दुबै देशका राष्ट्रिय गीत प्रस्तुत पछि कार्यक्रममा सहभागिहरुलाई अर्जुन खनालले स्वागत गर्नुभएको थियो ।

अधिवेशन समापन लगत्तै नवनिर्वाचित अध्यक्ष देबेन्द्र कुँवरको अध्यक्षतामा प्रथम बैठक सम्पन्न भएको छ । बैठकले तेश्रो अधिवेशन सम्पन्न पार्न आउनु भएका प्रमुख अतिथि, विशेष अतिथि र प्रतिनिधि ज्यूहरुलाई धन्यवाद प्रकट गरिएको छ ।

त्यस्तै स्थापनाकालदेखि नै अध्यक्ष रहि तेश्रो अधिवेशन सम्पन्न पार्दासम्म महत्वपूणर् भूमिका एवं नेतृत्व प्रदान गर्नु भई नयाँ कार्यसमिति चयन गराई जिम्मेवारीबाट मुक्त हुनुभएका लोकेन्द्र कुमार शाहलाई पनि प्रथम बैठकले धन्यवाद प्रकट गरेको छ ।
प्रथम बैठकले पत्रकार महासंघ भारत शाखाको तेश्रो अधिवेशन सम्पन्न पार्न सहयोग पुर्‍याउनु हुने विभिन्न संघ संस्था एवं व्यक्तित्वहरुलाई धन्यावाद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार