गजल

English English Nepali Nepali

#सुरेशकुमार पान्डे

लड्नैपर्ने भयो कु संस्कार सँग सधैभरी,
कसोगरि जितौं अत्याचार सँग सधैभरी।

मान्छेको दुश्मन त यही रूढिवाद बन्यो,
जुझ्नै पर्छ त्यही अथियार सँग सधैभरी।

जिवित छंदा सिटामोलपनि न सोध्नेले,
नुहायो मरे अमृतका धार सँग सधैभरी।

यस्तो समाजलाई देख्दा अनौठो लाग्छ,
बांचेका छौं झेलेर दिकार सँग सधैभरी।

जहाँ मान्छेले मान्छेलाईनै अछुत भन्छ,
साइनोछ अभद्र ब्यबहार सँग सधैभरी।

मन मा छैन आज चयन किन मन्छेको,
मित लगाउदै छ मारामार सँग सधैभरी।
११-०९-२०२२,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार