नेपाल-भारत सम्बन्ध जनस्तरमा अझ बढाउन उत्तराखण्डका मुख्यमन्त्रीको जोड

English English Nepali Nepali

देहरादुन । भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले नेपाल र भारतका बीचमा जनस्तरमा अझ सम्बन्ध बढाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । नेपाल र भारतका बीचमा धेरै समानता रहेकाले जनस्तरमा थप सम्बन्ध विस्तार गरी आपसी सम्बन्धलाई बलियो र विश्वासिलो बनाउनु पर्नेमा उहाँले जोड दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीसँगको भेटका क्रममा उहाँले दुई देशको सम्बन्ध राम्रो बनाउन र जनताका बीचमा सकारात्मक प्रभाव पार्न दुवै देशका सञ्चार माध्यमहरूले प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभएको थियो । भेटघाटका क्रममा अध्यक्ष पोखरेलले मुख्यमन्त्री धामीलाई नेपाल भ्रमणमा आउन आग्रह गर्नु भएको थियो ।

जवाफमा उहाँले नेपालका धेरै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूमा भ्रमण गर्ने चाहना पनि व्यक्त गर्नुभएको थियो ।मुख्यमन्त्री धामीलाई महासंघ अध्यक्ष पोखरेलले नेपाल आउँदा पशुपतिनाथ मन्दिर नजिकै नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय रहेकाले त्यहाँ पनि आउन निमन्त्रणा गर्नुभएको थियो । महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्य सहितको सो नेपाली टोलीले भारतको प्रदेशस्तरका सञ्चार सम्बन्धी कानुनी व्यवस्था र मिडियाको व्यवस्थापनका बारेमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार