रक्तिम बागमती प्रदेशको भेला सम्पन्न

काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान बागमती प्रदेशको भेला २०७६ पुस २६ गते सम्पन्न भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले मौमबत्ती बाली उद्घाटन गर्नुभएको थियो । नेता शर्माले भेलाको उद्घाटन गर्दै सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गराउन खोजेको प्रति आपत्ति प्रकट गर्दै त्यसलाई संसदले अस्वीकार गर्ने बताउनु भयो ।

‘हाम्रो संसदले इरानको अहिलेको घटनाबाट पाठ सिकेर अमेरिकी साम्राज्यवादी सर्तसहित आएको एमसिसी अस्वीकार गरोस्’ नेता शर्माले भन्नुभयो– ‘अमेरिकाले दिने केही करोड वा अर्ब रुपियाँसँगै अमेरिकी साम्राज्यवाद समेत नेपालमा घुस्न खोज्दै छ । इन्डो–प्यासिफिक रणनीति अन्तर्गतको एमसिसी नेपालमा छि¥यो भने जसरी इराक कमान्डरको हत्या पछि इराकबाट अमेरिकी सेना फिर्ता गर्न दिएको अल्टिमेटम अमेरिकाले अटेर गरेको छ, नेपालमा पनित्यही दोहोरिन सक्छ ।’ त्यस्तै, नेताशर्माले भारतले गरेको सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले खुट्टाकमा उन नहुने बताउनु भयो । उहाँले सीमा अतिक्रमण र जाली नक्सा खारेजीका लागि संयुक्त राष्ट्र सङ्घमा उठाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

भेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले घर व्यवहार, सङ्घ÷संस्थावा राज्य सञ्चालन जहाँपनि अनुशासनको महत्व हुन्छ भन्दै पार्टीमा पनि अनुशासनको ठुलो महत्व रहेको लगायत सामूहिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

भेलालाई नेकपा (मसाल) प्रदेश नं ३ का प्रवक्ता समीर सिंह, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा र प्रगतिशील श्रष्टा दिपिन साहनीले सम्बोधन गर्नुभएको थियो ।

भेलाले विष्णु शर्माको अध्यक्षतामा रक्तिम सांस्कृतिक अभियानको बागमती प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवी शर्मा, सचिव शोभा गोपाली र कोषाध्यक्षमा मधु क्षेत्री चयन हुनुभएको छ । सदस्यमा हेमराज आश्रम, रोशन भुजेल, सृजना घोडासैनी, तुलसा विक र चक्र चनारा चयन हुनुभएको छ ।

रक्तिमका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको अध्यक्षता र सचिव हेमराज आश्रमको सञ्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सल्लाहकार मधु क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कुवेत नेपाली एकता समाजका नरबहादुर पुनको समेत आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार