जातीय समता समाज कपिलवस्तुको चौथो जिल्ला भेला

केरसिंह अदै,

तौलिहवा । जातीय समता समाज कपिलवस्तुको चौथो जिल्ला भेला शिवराज नगरपालिका–३ मधवामा सम्पन्न भएको छ ।

समता समाजका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकर दिलबहादुर विकको प्रमुख आतिथ्यमा २०७९ असोज १६ गते आइतबार भेला सम्पन्न भएको हो ।

भेलाले दिलबहादुर विक अध्यक्ष रहनुभएको समता समाजको जिल्ला समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष मानबहादुर नेपाली, सचिव प्रकाश विक, सहसचिव बालाराम सुनार, कोषाध्यक्ष पुनम नेपाली तथा सदस्यहरूमा बेली विक, झकबहादुर विक, गोविन्द परिवार, सूर्यबहादुर सुनार, राजु विक, मोहनसिंह विक र मनिषा कोरी रहनुभएको छ ।

समितिको वैकल्पिक सदस्यमा खडेरू पासी र मदन विक तथा सल्लाहकारमा होमबहादुर सुनार, रामलाल विक, शिव विक र रामप्रकाश कामी रहनु भएको छ ।

भेलामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढा, मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, जातीय समता समाज शिवराज नगर समितिका अध्यक्ष मोहन विक, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका समितिका अध्यक्ष गोविन्द परिवारले मन्तव्य राख्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई राजु विकले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार