शिवराज कृषि सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा सम्पन्न

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा अवस्थित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले मैनबत्ती बालेर गर्नु भएको हो । उहाँले यस क्षेत्रको किसानको समस्या सिंचाई मल बीउ, उत्पादन भएको तरकारी बिक्री रहेको बताउँदै, समस्या समाधान गर्न नगरपालिका र संघ संस्था एक भएर लाग्नु पर्ने बताए ।

सभालाई विशिष्ठ अथिती कृषि विकास अधिकृत तारा चन्द चौधरीले शिवराज कृषि सहकारी संस्थाले राम्रो काम गरेको बताउँदै, नगर पालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख थापाले प्रतिबद्धता जनाए । नगरपालिकाले तरकारी संकलन केन्द्र निर्माणको लागि ट्रस्ट निर्माणमा छ लाख रुपैयाँ लगानी गरेको र यस वर्ष अरु छ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम अन्तर्गत पाँच लाख बजेट छुट्याइएको बताउँदै संकलन केन्दमा रेकर्ड राख्न वजन गर्ने काम शुरू भएको बताए । वडा अध्यक्ष टेक लाल सापकोटाले व्यक्तिगत भन्दा सामूहिक खेती गर्न सबैलाई अनुरोध गरे । सामूहिक खेती गर्ने कृषकहरुलाई वडा र नगरले अनुदान सहयोग गर्ने बताउँदै कृषकको लागि वडामा विभिन्न औजार, मेसिन, बीउ भिजन मागको आधारमा वितरण गरिएको बताए ।

पशु विकास अधिकृत धनेश्वर खनालले पशु विकासको लागि पशुपालन गर्ने कृषकहरुको लागि विज्ञापन खोलिएको, तालिमहरु सम्पन्न गरिएको बताए ।

नगर पालिकाले यस वर्षदेखि भैंसी र गाई सुत्केरी भएमा सुत्केरी भत्ता सुरु गरिएको बताए । तरकारी पाकेट क्षेत्र सुनवर्सीका अध्यक्ष गंगाधर भट्टराईले संस्थाले राम्रो काम गरेको र हामी सहकारी संस्था मिलेर अगाडि बढ्ने बताए । मिलिजुली महिला सहकारी संस्थाकी व्यवस्थापक अनिता भुसाल, संस्थाका सल्लाकार चेतनारायण खनाल पनि मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष केरसिंह अदै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसवर्ष संस्थाले ७६ लाख रुपैयाँ बराबरको कारोबार गरेको बताएइएको छ । संस्थाले बचत संकलन, तरकारी संकलन, आईएमई, धान, गहुँ थ्रे सर, पम्पेसेटहरुलाई आम्दानीको स्रोत देखाएको छ । साधारण सभाको सञ्चालन सचिब नारायण खनाल र स्वागत उपाध्यक्ष बेलाउता विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार