उदयपुरका टेक बहादुर वालाम्पाकी मगरलाई मूल प्रवाहद्धारा उद्धार

गुडगावं । गुडगावंको चन्द्र नगर सेक्टर १५ मा अलपत्र तथा विमारी अवस्थामा फेलापरेका टेक बहादुर वालाम्पाकी मगरलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगावं नगर समितिले उद्धार गरेको छ ।

बर्ष ६० का टेक बहादुर मगर उदयपुर जिल्लाका सिरपुर गाउँपालीका ५ निवासी मान वहादुरको छोरा भएको खुल्न आएको छ । निज व्यक्तीलाई समितिका अध्यक्ष रन बहादुर थापा र सदस्यहरु तिल बहादुर पाखि मगर, खेम वहादुर थापाको सहयोगमा उद्गार गरिएको हो । निज टेक बहादुरलाई उपचार गरी तिन दिनसम्म तिल वहादुरको घरमा राखी स्वास्थ्यमा सुधार पश्चात भारू. ३९००/-  सहयोग सहित नेपाल पठाईएको छ । उक्त व्यक्ति टेक वहादुर १२/१३ दिन पहिले काडमाण्डौबाट हिंडेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार