कोट्याममा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समितिले एक दिवसीय प्रशिक्षण कलासको गरेको छ । विद्यार्थी विभाग, बाल बालिका विभाग, अविभावक र कार्यकर्ताको सयुंक्त प्रशिक्षण कार्यक्रम नगर समितिका सहसचिव डिल बहादुर रानाको सञ्चालन र नगर समिति अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुप्रति १ मिनेट मौनधारण पछि उपस्थित विद्यार्थी, बाल बालिका, अभिभावक, कार्यकर्ता सबैलाई नगर समिति सचिव मनोज जिसीले स्वागत गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिका उपाध्यक्ष कुल बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । विद्यार्थी र विद्यार्थी संघ बिचको अन्तरसबन्ध, विद्यार्थी र संगठन बिचको अन्तरसंबन्ध, अभिभावक, विद्यार्थी र बालबालिका बिचको अन्तरसम्बन्ध, विद्यार्थीका हकहित र अधिकार इत्यादि बिषय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार