रक्त क्यान्सर पिडितलाई मूल प्रवाहद्धारा आर्थिक सहयोग हस्तान्तरण

  • तिलक राना

हैदराबाद । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ५ निवासी बम बहादुर टण्डनको २७ वर्षीय छोरा अर्जुन टण्डन बिगत केही समयदेखि रक्त क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित रहनु भएको र निजको आर्थिक स्थिति अत्यन्त्यै नाजुक भएको हुँदा निजको उपचार्थ सहयोगको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले उपचार्थ सहयोग सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट हालसम्म यस क्षेत्रीय समितिमा प्राप्त भएको रकम रु नगद भारु. ६५,५०६ (अक्षरुपी पैसाठी हजार पाँच सय छ रुपियाँ) नेरु १०४८०९.६० (अक्षरूपी एक लाख चार हजार आठ सय नौ रुपैयाँ साठी पैसा १९ अक्टोबर २०२२ का दिन राष्ट्रिय जनमोर्चा जिल्ला गुल्मीका सदस्य तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिंह पुनको विशेष उपस्थिति तथा बीर बहादुर सोमै (वडा सदस्य), तुलसीराम पन्त (वडा सदस्य), खोम बहादुर बुचा (राजमो छत्रकोट सदस्य), मिलन रेश्मी (राजमो वडा सदस्य), पुर्ण बहादुर बुचा (पूर्व नेका पूर्व पार्टी सभापति), राजेन्द्र ज्ञवली (नेका उपसभापति) भिमलाल पाण्डे, मनिप्रसाद पन्त, माधव पन्त, माधव पाण्डे, लिलाधार पाण्डे लगायतको उपस्थितिमा अर्जुन टण्डनको सिघ्र स्वास्थ्य लाभको कामनाका साथ रकम हस्तान्तरण गरियो ।

शुभकामना मन्तव्य प्रकट गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला गुल्मीका सदस्य तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमानसिंह पुन र राम प्रसाद कडेलले अर्जुन टण्डनको सिघ्र स्वास्थ्य लाभको कामनाका साथ अर्जुन टण्डनलाई यस्तो पीडा दायक अवस्थामा रहेको बेला विदेशमा रहेर पनि आफ्ना व्यक्तिगत समस्याका बाबाजूद पनि आत्मासाथ गर्दै सहयोग गर्नु हुने सहयोगी दाताहरुप्रति सहानुभूति प्रकट गर्नुभएको थियो ।

उक्त अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै हामीलाई सफलता दिलाउनु हुने सम्पुर्ण सहयोगी मन बोकेका सहयोगी दाताहरुलाई हार्दिक आभार प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार