#धर्म सुनार प्युठानी
रोहतक, ३१ अक्टूबर । रोहतकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्वारा सञ्चालित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।
नगर, एरिया र टोलका साथीहरुले संयुक्त रुपमा सुरु गरेको प्रगतिशील देउसी भैलो कार्यक्रम २४ अक्टूबरदेखि शुरु गरिएको थियोे ।
रोहतकस्थित नेपालीहरुको घरदैलोमा शुभ-दिपावली एवं तिहारको शुभकामना दिँदै हिड्ने क्रममा संघीयता र एम.सी.सी. राष्ट्रघाती छ । यसको बिरोध गर्नुपर्छ भन्दै यही मंसिर ४ मा देश व्यापी रुपमा हुने चुनावमा धेरै भन्दा धेरै कार्यकर्ताहरु नेपाल फर्कनका लागि भैलो मार्फत आव्हान गरिएको थियो ।