हेम बिजीका पाँच मुक्तकहरु

हेम विजी

१.
झुट्ट आश्वासन चुनावमा अब बोल्न नगर
भुल्दैनन् कोही गुलिया पोका खोल्ने नगर
थाहा छ बर्षौं बर्ष देश लुटी-लुटी खाएको
जनता झुक्याएर बिषमा दुध घोल्ने नगर ।

२.
रक्सी मासु र पैसामा भोट किन्न नखोज
गाउँको जुठे बाठो भयो भोट दिन्न नखोज
ए नेता हो तिम्रा भ्रमहरु सबैले बुझि सके
कोही बिक्दैन जनता पैसा लिन्न नखोज ।

३.
राष्ट्रवादीहरु विजय हुन् भन्ने चिताउनु पर्छ
नत्र विदेशी अधिनमा जीवन बिताउनु पर्छ
राष्ट्रियता र सार्वभौमिकता बचाउनकै लागि
यो चुनावमा राष्ट्रिय जनमोर्चा जिताउनु पर्छ ।

४.
ठूला पार्टी नेताहरु भोट माग्न आउने गर्छन
चुनावमा मात्र मिठा मिठा गित गाउने गर्छन्
यो निर्वाचनमा राष्ट्रघाती भ्रटचारी हराउनै पर्छ
नत्र विदेशी संग देश बेच्न साईनो लाउने गर्छन ।

५.
मंसिर चार चुनावमा प्रतिगमन फाल्नु पर्छ साथी
संसद र संविधान टोक्ने मुख टाल्नु पर्छ साथी
जनता जगाउने र देश जोगाउने बेला यहि हो
त्यसैले गिलास चिन्हमा भोट हाल्नु पर्छ साथी ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार