चुनाव आयो साथि (कविता)

रबि पौडेल (पाण्डेचरी)

चुनाव आयो साथि
अब चुनाव सँगै बिकाश आउँछ
चुनाव नजिकियो साथि
अब बिकाश पनि नजिक आउँछ

चुनाव आयो साथि
अब चुनावसँग शिक्षा पनि आउँछ
नेता चुनाव प्रचार गर्न आए साथि
अब शिक्षामा पनि कमाल हुन्छ

चुनाव आयो साथि
अब चुनावसँगै स्वास्थ्यको बिकाश हुन्छ
नेताहरूले चुनावि माला लगाए साथि
अब पाँच बर्षलाई स्वास्थ हुन्छ

चुनाव आयो साथि
चुनावसँगै गाउँमा प्रसस्त रोजगार आउँछ
नेताहरू रोजगार दिने कुरा गर्छन् साथि
जब चुनाव जितेर जान्छन् रोजगार त आफै लिन्छन् साथि

चुनाव आयो साथि
चुनावसँग बाटो घाटो र पुलपुलेसा बन्छन् साथि
जनताले भोट विश्वासमा दिएपछि
पाँच बर्षलाई उनै माथि जान्छन् साथि ।

चुनाव आयो साथि
चुनावसँगै बिकाशको मुल फुट्छ साथि
जब चुनाव जितेर जान्छन् नेता
जनताको दिल टुट्छ साथि

चुनाव आयो साथि
चुनावसँग गाउँमा नेता आयो साथि
नेता चुनाव जितेर जान्छ
अनि उ गायव भयो साथि

चुनाव आयो साथि
चुनावसँग प्रवासी नेपाली ले भोट दिन किन नपाउने ?
कुरो आउछ पनि आयो साथि
जब नेता जितेर जान्छ अनि उ प्रवासीनेपालीको पक्षमा बोल्दैन माथि

चुनाव आयो साथि
चुनावमा नेता छनौट गरौ साथि
बेईमानी र विश्वासघातिलाई हटाउ
ईमानदार र विस्वासीलो ब्यक्तिलाई जिताउ साथि ।
मिति : १-११-२०२२

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार