मूल प्रवाहको नयाँ दिल्लीमा प्रगतिशल देसी भैलो समापन

  • सांस्कृतिक विभाग र सांस्कृतिक टोली गठन
  • नयाँ दिल्ली
    6 नोवेम्बर 2022, मूल प्रवाह अखिल भारत नपेाली एकता समाज नई दिल्ली नगर समितिको प्रगतिशिल देउसी-भैलो भव्यताका साथ सम्पन्न भएको थियो । आम रूपमा नई दिल्ली नगर समितिको आयोजनामा तिहारको औसीबाट सुरू भई चौथी दिन सम्म चल्ने गर्दछ । तर यस पटक भने नेपाली दुतावासले चतुर्दशीका (23 अक्टुवर)का दिननै बोलाएको हुदा 23 अक्टुवरमा उदघाटन गरिएको र 29को चौथी लगाईएको थियो तर जनताको माग अनुसार 6 नोबेम्बर 2022 का दिन नेहरू पैलेश पार्कमा विषेश कार्यक्रम आयोजना गरि प्रगतिशिल देउसी-भैलो प्रर्दशन गरियो ।

    केन्द्रिय सदस्य तथा नगर अध्यक्ष बिन बहादुर के.सी.को नेतृत्वमा संचालित प्रगतिशिल देउसी-भैलो कार्यक्रममा केन्द्रिय सदस्य शिव के.सी., केन्द्रीय पार्षद मुक्ती भुसाल, क्षेत्रीय सदस्य पहल सिंह परियार, महिला क्षेत्रीय विभाग सदस्य एवं नगर संयोजक सिता के.सी, नगर सचिव विष्णु खनाल, सहसचिव सालिकराम पौडेल, सदस्य दिनेश पंथी, दिपक भुसाल आदीको निरंतर सहभागीता रहेको थियो । कार्यक्रममा देउसी-भैलाका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    6 नोबेम्बर 2022 का दिन नेहरू पैलेश पार्कमा देउसी भैलो कार्यक्रम सम्पन्न भए पछि कलाकारहरूको भेला पनि सम्पन्न भयो । सो भेलाले निरूका पुनको संयोजकत्वमा नई दिल्ली सांस्कृतिक विभाग गठन गरेको छ । जसमा अन्य सदस्यहरूमा ईशा केसी, हिमा भण्डारी, पहल सिंह परिवार, दिपक भुसाल, सुसिला बेल्बासे, मेहक खत्री, कबिता परियार, कपिल परियार, सालिक राम पौडेल, सितल पोख्रेल हुनुहुन्छ ।

    नई दिल्ली गगर समितिको संन्त नगर गढीमा हिमा भण्डारीको संयोजकत्वमा सांस्कृतीक परिवार (टोली) निर्माण गरिएको छ। अन्य सदस्यहरूमा हिमालेमी भुसाल, विद्या परियार, विपसा परियार, वन्दना भुसाल, सुसिला बेल्वासे, अर्चना खनाल, पुष्पा खनाल, बाबु राम भण्डारी, कल्पना भट्टराई, निरूका भुसाल हुनुहुन्छ ।
    सांस्कृतिक टोली गठनको लागि विषेश भुमिका विजय भुसालको रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार