हरियाणाको रोहकतमा मूल प्रवाहको देउसी-भैलो समापन एवं चुनावी सभा सम्पन्न

धर्म सुनार प्युठानी
रोहतक, 7 नोबेम्बर 2022 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा स्थापना दिवस एवं चुनावी सभा सम्पन भएको छ।

नगर समितिका का.वा. अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा र नगर सचिव बल बहादुर बि.क.को संचालनमा अगाडी बढको कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघकी सचिव एवं लुम्बिनी प्रदेश निबर्तमान सांसद तारा जिसी र विशिष्ठ अतिथी राजमो केन्द्रीय सदस्य नारायण जिसी, क्षेत्रीय समितिका रेशम बि.क. पत्रकार धर्म सुनार प्युठानी र महिला विभाग रोहतक की संयोजक सिता परियारको अतिथि आसन पश्चात ज्ञात-अज्ञात शहिदहरु प्रति एक मिनेटको मौनधारण पछि नगर समितिकी सोनिया बेलवासेले उपस्थित सम्पूर्ण जनसमुदायलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तारा जिसीले देशको आर्थिक राजनैतिक अवस्थाका कारणले प्रवासीन वाध्य भएता पनि मूल प्रवाहका साथीहरूले नेपालको राजनैतिक अवस्थाबारे चिन्ता लिईरहनु भएको छ त्यो खुसीको कुरा हो तर देशका ठूला भनाउदा राजनैतिक दलहरूले केवल आफ्नो स्वार्थलाई माथी राखे जनताको समस्या राष्ट्रियता जनतन्त्रको चिन्ता गरेनन् त्यसले गर्दा देशलाई अनावश्यक संघीयताको बोझ बोकाईयो संबिघयता आर्थिक रूपमा मात्र हैन राष्ट्रियताको लागि पनि खतरनाक छ, एमसिसि सम्झौता अनुमोन नागरीकता संसोधन गर्न राष्ट्रको लागि घातक हुनेछ । त्यसैले राष्ट्रियताको रक्षाको लागि सबै नेपालीहरू सजग भएर आन्दोलनरत हुन जरूरी छ । जनताले पटक पटक आन्दोलन गरे ति आन्दोलनको बलमा अहिले गणतन्त्र स्थापना भएको छ, धर्मनिरपेक्ष संबिधान छ । केही हदसम्म भए पनि जनताका अधिकार संबिधानमा उल्लेख छन्, तर सामन्तबादका पक्षधरहरू सन्तुष्ट छैनन । उनीहरू नेपालमा प्रतिगामी शासन कायम गर्न चाहन्छन् । त्यसैले आउँदो मंसिर 4 को हुने प्रतिनिधि एवं प्रदेश सभाको चुनावमा भारत स्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालमा जान र धेरै भन्दा धेरै साथीहरुलाई राष्ट्रिय जनमोर्चालाई मतदान गर्नु पर्ने अवश्यकता छ भन्नु भयो । अहाँले महिलाहरू प्रति मुखातिर हुदै देश तथा विदेशमा जहाँ पनि महिलाहरु माथि हुने अन्याय र अत्याचार विरुद्ध संघर्ष गर्न संगठनको खाचो हुन्छ त्यसैले मूल प्रवाह एकता समाजमा आबद्ध हुन आग्रह गर्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य तथा मूल प्रवाहका पूर्व नेता नारायण जिसीले देशको राजनीतिक अवस्था र प्रतिगमनको विरुद्ध हामी सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने जानकारी गराउँदै भोली 7 नोवेम्बर मूल प्रवाहको 44औं स्थापना दिवसको अवसरमा अग्रीम शुभकामना दिदै स्थापना दिवसबारे प्रष्ट पार्नुभएको थियो। उहाँले बताउनु भयो स्थापना कालमा 7 जना साथिहरुबाट सुरुभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज भारत भरि र विश्वभर जहाँ नेपाली त्यहाँ एकता समाज फैलिएको छ, यसैगरी सदैव रहने छ । अझै बढ्दै जाने आशा र बिस्वास रहेको बताउनु भयो । वहाँले आफु संजोगले आफु 2079 सालको देउसी-भैलो कार्यक्रममा रोहतकमा सहभागी हुने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यो भन्दा अझै उन्नति-प्रगतिका साथ मूल प्रवाहको प्रगतिशिल देउसी-भैलो संचालन होस् भन्ने कामनाका साथ सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुलाई आव्हान गर्नुभएको थियो।

सभालाई नेपाली एकता सम्वाददाता धर्म सुनार, सिविल लाईन एरिया अध्यक्ष विक्की परियार, महिला संयोजक सिता परियार, क्षेत्रिय सदस्य रेशम बि.क.ले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो। अन्तमा अध्यक्षको धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्न भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार