अजय रेशमी,
फरिदाबाद, 7 नोवेम्बर 2022 मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४४औं स्थापना दिवसको फरिदाबाद नगर समिति आयोजनामा सम्पन्न भएको छ ।
नगर समितिका अशोक कुँवरको अध्यक्षता र सरिता बि.सी.को संचालनमा अगाडी बढेको कार्यक्रममा केन्द्रिय पार्षद विष्णु बि.सी., सूर्य क्षेत्री, महिला नगर विभागबाट सविता थापा, बिमला महरा, एन आई टी एरियाबाट लोकराज थापाको अतिथीआसन पछि ज्ञात-अज्ञात सहिदहरू प्रति एक मिनेटको मौन धारण र आयोजक समितिबाट लक्ष्मण श्रेष्ठले स्वागत मन्तव्यबाट गर्नु भएको थियो ।
सूर्य बहादुर क्षेत्री तथा विष्णु बि.सी.ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष्य-उदेश्य र प्रवासी नेपालीहरुको अवस्था र हाम्रो कर्तव्य माथी प्रकाश पार्नु भएको थियो। वहाँहरुले भारत प्रवासमा रहेका सबै नेपालीहरु मूल प्रवाहको झण्डा मुनी गोलवन्द भै शोषित पीडित जनताको हक हितको र अधिकारको संरक्षण गर्दै समाजले उठाएका आन्दोलनहरूमा सामेल भै आ आफ्नो अहम भूमिका निभाउनको लागी पनि आग्रह गर्नु भएको थियो।
कार्यक्रमलाई सविता थापा, बिमला महरा लोकराज थापा, कालिदास थापा, सीता सुवेदीले पनि सम्बोधन गर्नु भएको थियो ।