भिवानीमा मुल प्रवाहको 44 औं स्थापना दिवस, भैलो समापन कार्यक्रम सम्पन्न

भिवानी, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा 7 नोवेम्बर 2022का दिन 44 औं स्थापना दिवसको अवसर पारी महिला भेला तथा प्रगतिशिल देउसी भैलो समापन कार्यक्रम भब्य र सनदार रुपमा सम्पन्न गरेको छ ।

मोहन सिंह बि.क.को अध्यक्षता र भिम बहादुर रायमाझीको संचालनमा कार्यक्रम अघि बडेको थियो । मूल प्रवाहका केन्द्रिय सदस्य सालिक राम आचार्यको प्रमुख अथिती रहेको थियो । अन्य अतिथीहरूमा क्षेत्रीय सदस्य मनिराम अधिकारी र केन्द्रिय परिषद तथा भिवानी संस्थापक सदस्य बि.बि.कोपिला, समता बिभागबाट गोर्वधन सुनार, रक्तिम बिभागबाट भूप बहादुर थापा क्षेत्री, महिला बिभागबाट हस्तु देवि बि.क.र उर्मिला कोपिला हुनुहुन्थ्यो । ज्ञात-अज्ञात शहितहरु प्रति एक मिनेटको मौनधारण पछि नगर सदस्य डिल बहादुर भट्टराईले मन्तव्यबाट र रक्तिम विभागका कलाकारले गितबाट उपस्थित जनमानसलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी शालिक राम आचार्यले देशको तात्कालिन राजनैतिक अवस्थाबारे प्रकास पार्दै अहिले प्रतिगमनले नेपालको राजनिती गलत दिशामा गएको गणतन्त्र, धर्मनिरपेक्षता खतारामा पुÚयाएको हुदा मंसिर 4 गते हुने चुनावमा प्रतिगमन विरूद्ध संघर्षरत पाचदलिय गठबन्धनलाई विजयी गराउनु पर्ने र समानुपातिक मतदानमा राजमोको गिलास चिन्हमा मतदान गर्न आवहान्न गर्न भएको थियो । कार्यक्रमलाई मनिराम अधिकारी, बि.बि.कोपिला, गोर्वधन सुनार, भूप बहादुर थापा क्षेत्री, हस्तु देवि बि.क. र उर्मिला कोपिला स्थापना दिवसको बारेमा आ-आफ्ना बिचारहरु राख्नु भएको थियो । बिचबिचमा कलाकारहरूद्वारा गित र नित्य प्रस्तुत गरिएको थियोे ।

कार्यक्रमा 2022 प्रगतिशिल देउसी भैलो टिमका कलाकारहरू एवं स्वयंसेवकलाई सम्मानित गर्ने र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अंकित झोला स्मृती चिन्हको रूपमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार