पाण्डिचेरीमा मूल प्रवाह संगठनको ४४औं स्थापना दिवश सम्पन्न

जनक राज पौडेल।

पाण्डिचेरी, ७ नोभेम्बर २०२२, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४४औं स्थापना दिवश सम्पन्न भएको छ।
गंगाराम शर्माको अध्यक्षता, गम बहादुर विकको सञ्चालन रहेको कार्यक्रममा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय सचिव जनक राज पौडेल, केन्द्रीय सदस्य भगवति कूवंर, प्रतिनिधि चन्द्रकान्त शर्माको आथित्यता रहेको थियो।

शहिदहरुको सम्मानमा एकमिनेट मौनधारण पश्चायत उपस्थित जनमानसहरुलाई नगर सदस्य भद्र बहादुर जिसीले शब्दद्धारा स्वागत गर्नु भएको थियो।

अथितिहरुले कार्यक्रमलाई सम्बोधन गर्दै संगठनको स्थापना, उदेश्य, र संगठनमा विभिन्न काल खण्डमा देखा पर्दै आएका अराजक, अवसरबादी, र फुटपरस्त गतिविधिहरुको दृढतापुर्वक सामाना गर्दै, प्रवाशी श्रमजिवि नेपाली हरुको न्यायको पक्षमा काम गर्दै अघिवढेको गौरवमय ईतिहास बारे प्रष्ट्राउदै, अवसर बादी फुट परस्त तत्वहरुसंग वैचारिक र सांगठानिक प्रतिबाद गर्दै निरन्तर अघि वढ्ने विश्वास व्यक्त गर्नु भएको छ । त्यति मात्र नभई नेपालमा चल्ने राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षको आन्दोलनमा ऐक्यवद्धता गर्दै आएको भविश्यमा पनि गर्दै जाने धारणा राख्नु भएको छ। साथै संगठनको बर्तमान परिस्थितिबारे पनि स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रम सफलताको शुभ कामना दिनेहरुमा, मध्य दक्षिण टाउन एरियाबाट हिरा देवि शर्मा, मुदलियर पेटबाट सम्झना गायक, महिला विभागबाट जमूना शर्मा, सितल गायक, सास्कृतिक विभागबाट संयोजक राजेन्द्र जिसीले बिचार राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार