‘ताजाखबर’मा प्रकाशित समाचार झुठको पूलिन्दा : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले पार्टीको सरकारमा जाने नीति खुला भएपनि वर्तमान सरकारमा सामेल हुने पार्टीले कुनै निर्णय नगरेको बताउनु भएको छ । त्यसैले वर्तमान सकारमा जानका लागि प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले कुनै प्रयत्न नभएको समेत पौडेलले बताउनु भएको छ । “यसरी पार्टीको निर्णय बेगर को ? सरकारमा जाने वा नजाने भन्ने कुरा कोही कसैले कही बोल्ने र चर्चा गर्ने विषय नै बन्न सक्दैन ।” माघ ३ गते एक विज्ञप्ती जारि गरि पौडेलले भन्नु भएको छ– “राष्ट्रिय जनमोर्चाको तर्फबाट उपसभामुख वा सरकारमा जाने भन्ने काल्पनिक सन्दर्भलाई जोडेर बाहिर आएका एवं विभिन्न पत्र पत्रिका तथा अनलाईनमा प्रकाशन भएका कुरा सबै झुठ, कपोल कल्पित एवं सृजित भएको व्यहोरा स्पष्ट गर्नु भएको छ । यस प्रति पौडेलले प्रथमरुपमै गम्भिर आपत्ति रहेको व्यहोरा समेतस्पष्ट पार्नु भएको छ ।

“सन्दर्भको उठान यो छ की काठमाण्डौबाट प्रकाशित हुने ताजाखबर साप्ताहिक पत्रिकामा, “मन्त्री माग्दै मोहन विक्रम खुमालटारमा” भन्ने शिर्षकको मुल व्यानर समाचार बनाई विल्कुलै झुट्ठा समाचार प्रकाशित गरिएको रहेछ ।

यो झुठको पराकाष्ठाको ताजाखबर साप्ताहिक काठमाण्डौ जि.का. द.नं. ७९/०५९/६० ले २०७६ पौष १ गते मंलबार प्रकाशित गरिएको पत्रिकाको भित्रि पृष्ठमा “प्रचण्डको कमाण्डमा चन्द र भट्टराई फर्कने मन्त्री माग्दै मोहन विक्रम खुमालटारमा” भन्ने लेखको रुपमा प्रकाशित गरिएको रहेछ ।

यो प्रकाशित समाचारबाट म, मेरा पति र हामीहरुको पार्टीको मान सम्मानमा आँच पुग्ने गरी कपोलकल्पित, झुट्ठा, वनावटी एवम सृजित लेख्र प्रकाशित गर्ने सम्पादक एवम पत्रिका प्रति गम्भिर आपत्ति प्रकट गर्न चहान्छु ।

उक्त लेखमा लेखिएको छ : “माओवादीले जनयुद्ध शुरु गर्दा त्यसैका विरुद्ध पर्चा छापेर देशभर फाल्दै हिंडेका क्रान्तिकारी नेता मोहन विक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ ।”

उक्त लेखमा समावेश भएको वाक्य “महामन्त्री मोहन विक्रम सिंहले प्रथमतः शुरु गरेर विज्ञप्ती प्रकाशित गर्दै समाचारलाई झुट भने पनि अनौंठो नमाने हुन्छ । किनकी उनी पहिला प्रधानमन्त्री केपी ओलीसंग श्रीमतीलाई मन्त्री बनाईदिन निकै धाए । ओलीले वेवास्ता गरे पछि खुमालटार धाउन थालेको प्रमाण समाचार सुत्रले गोप्य राखेको छ ।”

यी माथि उदृत गरिएका वाक्य एवम उक्त पुरै समाचार अति नै गम्भिर आपतिको विषय छ । म, मेरो पार्टीमा रहेको लामो आवधता एवम योगदानलाई अबमुल्यन गर्दै म, महिला भएको नाताले मलाई यो वा त्यो प्रकारले उक्त समाचारमा जोडेर पत्रकारज्यूले पितृसत्तात्मक मानसिकताले ग्रसित भएर महिला प्रतिको हेपाहा, निरुत्साहित गर्ने एवम कुनै पनि किसिमले महिलाको नेतृत्व स्वीकार गर्न नसक्ने एवम विकास हुन नदिने मनोभावना प्रस्तुत गर्नु भएको छ । उहाँले नेपालमा गणतन्त्र स्थापना गर्न विभिन्न चरण र कालखण्डमा भएका आन्दोलन, विरोध, सभा एवम जुलुसमा नेपाली महिलाले खेलेको गरिमामय भूमीका, योगदान र वलीदानलाई विर्सिएर नेपाली महिलाको संघर्षशील छवीलाई गम्भीर प्रकारको अपमान गर्दै नेपालको संविधानले परिकल्पना गरेको हरेक पक्षमा महिलाको सहभागिता, समावेशिता, महिला हक अधिकार र महिलाको पहुँच समेतको सुनिश्चिताका विरुद्धमा भएको व्यहोरा प्रति दृढता पुर्वक खेद प्रकट गर्न चाहान्छु ।

एकातर्फ यो सरकारमा जाने हाम्रो पार्टीले निर्णय गरेको छैन भने अर्कोतर्फ प्रधानमन्त्री ओलीसंग उनी प्रधानमन्त्री भए पछि मोहनजीको प्रत्यक्ष एवम पारोक्ष रुपबाट भेट नै भएको छैन । पूर्व सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए पछि उपसभामुखको प्रसंग सुरु भएको हो । यो समयमा मोहनजीको प्रचण्डसँग कुनै भेटघाट वा फोनमा कुरा समेत नभएको व्यहोरा मोहनजीले पहिले नै स्पष्ट पारि सक्नु भएको छ । माथि उल्लेखित भएको वाक्य पत्रकारको अडकल, अनुमान र कल्पना मात्र हो । यो प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचार संहिता, २०७३ को पूर्ण विपरित छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार