गजल : जनतालाई चार्न थाल्यो

सुरेश कुमार पाण्डे

साम्राज्यवादले एम सिसि निएममै बाँधेर मार्न थाल्यो,
पुरा देशलाई आफ्नो अधिन मा एकलौटे पार्न थाल्यो।

उस्ले जे जे गर्छ सोधपुछ गर्न नपाउँने स्वत्रता मिल्दैछ,
हाम्रो देश लाई रण भूमि बनाउँन सेनाहरु सार्न थाल्यो।

जमिन जायजात हामिले मुहाईँया गराए पछि चुँ नगर्ने,
उस्ले बम बारुध देशैभरी ओसार्न जनता खार्न थाल्यो।

बदलामा दिन्छ नेताहरुलाई करोडौँ ऐयासि मा स्वतन्त्र,
देश लाई अफ्गान जस्तै बारुध को घारमा झार्न थाल्यो।

सरकार लाई जनता चाहिन्न अममेरीकी फौज भए पुग्छ,
त्यसैले एम सि सि भित्राएर जनतालाई अब चार्न थाल्यो।

जसरी भयापनि एम सि सि पास गराउँनै पर्छ भन्छन हेर,
जन आवाज सरकारले सदनमा पुग्न नदिन बार्न थाल्यो।

जनताहरू निदार खुम्चाएर सोँच यदि देश प्यारो छ भनि,
आजको यो सरकारले पैसाको लागि चारैतिर हार्न थाल्यो।

कसैले गर्दैन बिकाश देशमा सबै बिदेशका कटपुत्लि बन्दै,
मसिना बिकाशका श्रोतहरु पनि देश बाट नितार्न थाल्यो।

अमेरीकाको रोघलाई देश भित्राउँनमा जोडछ सरकार को,
बाँकि सबै जसो काम कार्वाही जनताहरु को टार्न थाल्यो।
१७-१-२०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार