कार्बन मोनो अक्साइडबाट मेरठमा ३ नेपालीको मृत्यु

मेरठ । रोजगारीको सिलसिलामा भारतको मेरठ शहरमा काम गर्दै आएका कैलाली गौरीगंगा नपा १ गोप्काको नदि किनारमा निवासी चन्ने भुल आफू र २ परिवार सहित पैसा कमाउन पुगेका थिए तर उनी पैसा लिएर स्वदेश फर्किएनन् । स्वदेश फर्किया त उनको परिवारको केवल लास ।

भुल परिवारले मेरटमा एक सेठको घरमा काम गर्ने र उसकै घरमा बस्ने गर्दथ्ये । गत पुस १५ गते सेठको घरमा पार्टी थियो । तर त्यसैदिन राति तीनै जना एकसाथ मृत्यु भएको समाचार छ । बाहिर फैलाइएको हल्ला अनुसार राति सुत्दा कोइला बालेर सुतेका धुवाँले निसासिएर मरेको भन्ने स्थानीय पत्रपत्रिका एवं भूल परिवारले काम गर्ने गरेको घर परिवारले बताएका छन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मेरठ नगर समितिका अध्यक्ष जीवन शर्मा र कार्यकर्ताहरुले पोष्टमार्टम रिपोर्ट नआउँदै शव अन्यत्र लैजान नहुने दबाब दिएका थिए । तर भूलका सेठले प्रशासनको मिलिभगतमा शर्मालाई कस्टडीमा राखि भुल परिवारको शव नेपाल पठाएको समाचार छ । भुल परिवारको शव नेपाल पुगेर दाहासंस्कार पश्चात मात्रै शर्मालाई कस्टडीबाट छोडिएको थियो । यसरी न्यायको आवाजलाई दबाउनु नै सबैभन्दा ठूलो संकाको विषय हो ।

यो सत्य हो कि, कोइला जलाएर कोठा बन्द गरि सुत्दा मानिसको मृत्यु हुन्छ । कोइला बाल्दा उत्पन्न हुने कार्बन मोनो अक्साइड नामक ग्याँस उत्पन्न हुन्छ । उक्त ग्यासले मानिस एवं अन्य जीब जन्तुलाई पनि स्वास प्रस्वासमा नोक्शान पुर्‍याउँछ । तर धुवाँले मरेको लासको टाउकोमा घाउ र रगत कसरी भयो ? यो भने रहस्यको विषय बनेको छ । मृतकको टाउकोमा घाउ र रगत हुनु, मोष्टमार्टमको रिपोर्टको माग गर्ने जीवन शर्मालाई कस्टडीमा थुन्नुले कतै स्वयं भुलका सेठ नै हत्यारा त होइनन् ? वा हत्यारालाई बचाउन त खोजिरहेका छैनन् ? पर्यवैक्षहरु प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार