जाजरकोट वारेकोटका अमर घर्ती मगरको सुरतमा निधन

सुरत, जनवरी १० । जाजरकोट वारेकोट गाउँपालीका २ निवासी बल्जित घर्ती मगरका छोरा ३० वर्षीय छोरा अमर घर्ती मगरको अल्पायु मै निधन भएको छ । उनले हाल कैलास धाम कठोर सुरत सायन वर्नी डाइङ कम्पनीमा काम गर्दै आएका थिए ।

९ जनवरी २०२३ का नाइट डिउटिबाट फर्किए पछि खाना खाँदैगर्दा हार्टअटयाक आइ देहान्त भएको उनीसँगै बस्ने साथीहरुले बताए । घटनाको जानकारी पाउना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सायन नगर अध्यक्ष रमेस थापा र सचिन नगरका जंग पल्ली लगाएतको टोलीले प्रशासनको उपस्थितिमा घटनाको छानविन गरेको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले दिएको जानकारी अनुसार प्रशासनिक प्रकृया पुरा गरि नगर समिति सचिन र नगर समिति सायनका कार्यकर्ता एवं संगठनका सयौं सुभचिन्तक श्रमजिवी नेपालीहरुको उपस्थितिमा दाहासंस्कार गरिएको छ ।

मृतक अमर घर्ती मगरको अल्पपायु उमेरमा नै निधन हुँदा १० वर्ष कि छोरी, ८ वर्षको छोरो र श्रीमतीको दयनिय अवस्था भएको छ । उनीहरुलाई सहयोगी मनभएका व्यक्तिहरुको सहयोगको खाँचो छ ।

दाहासंस्कारको सन्दर्भमा क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले भारतमा रहने सम्पूणर् श्रमजिवी नेपालीहरु संठित हुनुपर्नेमा जोड दिनु भयो । संगठित रुपमा रहेमा मात्रै न्यायको लागि सहजता हुन कार्कीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार