अनेमस काठमाडौंको दोश्रो सम्मेलनबाट केसी निर्वाचित

काठमाडौं । अखिल नेपाल महिला संघ काठमाडौंको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षतामा ऋतु केसी निवार्चित हुनुभएको छ । शनिबार वागबजारमा सम्पन्न संघको सो सम्मेलनले केसीको अध्यक्षतामा जिल्ला समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्ष– मालता बेलबासे, सचिव– सावित्रा रेग्मी र कोषाध्यक्ष– कृष्णा पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा अनिता शाही, सुशीला बञ्जाडे, माया खनाल, जमुना पौडेल, कल्पना पौडेल (जिज्ञासु), दिपा भट्टराई, रमा शर्मा, मञ्जु आचार्य र हिरा रोका रहनुभएको छ भने सल्लाहकारमा एक स्थान रिक्तसहित लक्ष्मी केसी र कमला पौडेल चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन महिला संघका अध्यक्ष मिना पुनले गर्नुभएको थियो । यस्तै, नयाँ समितिलाई महिला नेत्री अजिता ढकालले बधाई दिनुभएको थियो ।

सम्मेलनलाई राजमो नेता आनन्द शर्मा, अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव लक्ष्मणदेव पाण्डे, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, अखिल नेपाल महिला संघ ३ नं. प्रदेशका सदस्य सावित्रा रेग्मी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, अखिल नेपाल किसान महासंघ काठमाडौँका अध्यक्ष केबी घले, प्रगतिशील पत्रकार संघ काठमाडौँका संयोजक प्रकाश थापा मगर, अखिल नेपाल युवक सङ्घका सचिव भक्त विक, प्रगतिशील लेखक संघका महासचिव समीर सिंह, राष्ट्रिय जनमोर्चा काठमाडौँका सचिव छवि खनाल र अखिल (छैठौं) काठमाडौँका अध्यक्ष प्रतिभा शर्माले शुभकामना दिनुभएको थियो ।

कमला पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सञ्चालन लक्ष्मी केसी तथा स्वागत ऋतु केसीले गर्नुभएको थियो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य लालबहादुर थापा र कल्याणी श्रेष्ठको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार