मेघराज आचार्यको निधनप्रति मसाल र राजमोको श्रद्धाञ्जली

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष मेघराज आचार्यको निधनप्रति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०७९ माघ १ गते आइतबार मसालका महामन्त्री मोहनविक्रम सिंह र राजमो अध्यक्ष चित्रबहादुर केसीले छुट्टाछुट्टै शोकवक्तव्य जारी गरी आचार्यप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी शोकवक्तव्यमा भनिएको छ :

“बागलुङ जिल्ला जैमुनी नगरपालिका–९ निवासी का. मेघराज आचार्यको ६७ वर्षको उमेरमा क्यान्सर रोगका कारणले उपचारको क्रममा दुःखद मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

का. आचार्य लामो समयदेखि हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवास र स्वदेशमा पार्टीका विभिन्न समिति र मोर्चामा रहेर जिम्मेवारी वहन गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको इमान्दार, निष्ठाबद्ध, अनुशासित र लगनशील सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट बागलुङको समग्र कम्युनिस्ट आन्दोलनका साथै हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।

अन्त्यमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि वक्तव्य जारी गरी आचार्यप्रति श्रद्धाञ्जली तथा परिवार जनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आचार्यको पेटसम्बन्धी रोगका कारण आजै काठमाडौँमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार