अवस्था उस्तै

रवि पौडेल

ओत बस्ने बाँस छैन एक छाक खाने गास छैन
शाषकले जनताको काम गर्छ भन्ने आश छैन

जुन सरकार आए पनि जनताको आएन
महंगी र भ्रष्टाचारले बस्न खान भएन

नदी बेचे सीमा बेचे, बेचे गिट्टीबालुवा पनि
सुन्दर देश नेपाललाई कुरूप पारी छोडे

कलकारखाना उद्योगधन्दा सबै बेची खाए
कालापानी लडाइँ लड्ने वीर कहाँ गए ?

एउटा गरिब आफ्नो देशलाई कति माया गर्छ
हाम्रो देशको लाचार शाषक विदेशीलाई ढोग्छ

सिमानाको नेपालीलाई सुरक्षाको डर छ
काठमाडौँको सरकारले लुट्ने खाने गर्छ

व्यवस्था बदलियो अवस्था छ उस्तै
जुन सरकार आए पनि जनतालाई उस्तै ।।
(जनवरी ५, २०२३)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार