नेपालको चुनावमा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्‍यो

२६ डिसेम्बर २०२२ मा धेरैलाई आश्चर्यमा पार्दै नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष प्रचण्ड भनेर चिनिने पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । यो २०२२ नोभेम्बर २० मा भएको राष्ट्रिय चुनावमा आधारित थियो, जबकी माओवादी–केन्द्र ३२ सीट (गत चुनावको तुलनामा २१ सीट कम) सहित तेस्रो पार्टी बनेको थियो । प्रधानमन्त्री बन्नका लागि दाहालले चुनाव लडेको गठबन्धनलाई आश्चर्यजनक रूपमा तोडिदिए । उनलाई सात दल र तीन स्वतन्त्र उम्मेदवारको गठबन्धनले बहुमत सुनिश्चित गरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री बनायो ।

नेपालमा इमानदार क्रान्तिकारी शक्तिहरुलाई हाम्रो समर्थन रहन्छ, जसले नेपाली जनताको हित, सामाजिक सरोकार, लोकतान्त्रिक अधिकार र राष्ट्रिय सार्वभौमसत्ताको लागि जनतालाई स्वतन्त्र र स्वायत्त रूपमा संगठित गर्छन् । यदि हामीले यो नयाँ गठबन्धनलाई नजिकबाट नियाल्यौं भने, आफूलाई मार्क्सवादी–लेनिनवादी भनाउने पार्टीहरूले जालसाजीपूर्ण तरिकाले जनतालाई भ्रममा पारेका छन् । यो जालसाजीबाट जनतालाई आफ्नो मुक्तिको बाटो खोज्ने अधिकार छ ।

चीन, अमेरिका र भारतले प्रचण्डलाई उनको पदको लागि सबैभन्दा पहिले बधाई दिएका थिए । यी तीन साम्राज्यवादी देश हुन् जो नेपालमाथि प्रभाव पार्ने एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यसले नेपालमा राजनीतिक अस्थिरता र साम्राज्यवादीहरुको प्रभाव विस्तारको संघर्ष भइरहने देखाउँछ ।

आईसीओआरको सदस्य संगठन नेकपा (मसाल) ले निर्वाचनमा आफ्नो एक सिट जोगाउन सफल भयो । नेकपा (मसाल) ले फासीवाद र साम्राज्यवाद विरोधी मोर्चा निर्माणको प्रयासर गरिरहेको छ । नेपालमा राजतन्त्र पुनर्स्थापनाको खतरा विरुद्ध मसालले संयुक्त मोर्चाको नीति अपनाएको छ । यो ध्यान दिनु पर्छ कि राजा र उनको समूहले दरबार छोडे, तर देश कहिल्यै छोडेनन् । नेकपा (मसाल)ले नेपाली भूभाग लिपुलेक र कालापानी सीमा क्षेत्र कब्जा गर्ने भारतीय साम्राज्यवादको पनि आलोचना गर्दछ।

नेकपा (मसाल) राष्ट्रियता, स्वाभिमान र गणतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वको पाँचदलीय मोर्चामा सामेल थियो। अहिले प्रचण्डले छोडेपछि गठबन्धन तोडिएको छ। मसालले सधैं आफ्नो स्वतन्त्रता कायम भने राखिआएको छ। यीनै सिद्दान्तलाई टेकेर र कम्युनिस्टविरोधी हुन्डरी चलिरहेका बेला मसालकी सांसद दुर्गा पौडेलले आम जनताका पक्षमा विगतमा संसदमा मत दिएकी थिइन्। बुर्जवा कांग्रेस पार्टीको एकातिर भारतसँग झुकाव छ भने अर्कोतिर अहिलेको सरकारमा हिन्दूवादी फासिस्ट पनि छन्। यस्तो बेलामा मसालले आफूलाई स्वाभिमानका पक्षमा उभ्याइरहेको छ।

त्यसोभए नयाँ गठबन्धनमा को को छन् त ? तथाकथित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, जसले निरंकुश शैलीमा २०२१ मा संसद विघटन गर्न खोजेका थिए र त्यसै कारण पदबाट अपदस्थ पनि भए । रवि लामिछाने नेतृत्वको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जुन २०२२ मा मात्रै स्थापना भएको थियो । रवि लामिछाने सन् २००७ देखि कम्तिमा २०१७ सम्म पत्रकार र अमेरिकी नागरिक थिए। भ्रष्टाचारको विरोध गर्ने आफ्नो दाबीका साथ, उनले विशेष गरी युवा नेपालीहरूमाझ मत प्राप्त गरे । यो पार्टीले पहिलो प्रयासमै २० सिट जितेको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहका अनुसार यो पार्टी राष्ट्रवादी अमेरिकी फ्रिडम पार्टीसँग जोडिएको छ, दुवैको प्रतीकको रूपमा घण्टी छ ।

यो पार्टीले क्रिस्चियन जनमतलाई आफ्नो आधार बनाएको छ, जुन मुख्यतया अमेरिकी मिसनरीहरूद्वारा प्रायोजित छ । ‘यो चुनावमा अमेरिकाको प्रत्यक्ष हस्तक्षेपको उदाहरण हो’ एमबी सिंहले एक अन्तर्वार्तामा भन्नुभएको छ ।

गठबन्धनमा राजतन्त्र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ, जसले हिन्दू राज्य र राजाको पुनर्स्थापनाको वकालत गर्छ । मधेशीहरूको पृथकतावादी आन्दोलनलाई समर्थन गर्ने अन्य साना दलहरू पनि छन् । त्यसैले भारत र संयुक्त राज्य अमेरिकाका फासीवादी प्रधानमन्त्री मोदी यस दक्षिणपन्थी सरकारका पहिलो शुभचिन्तकहरूमध्ये हुनुमा कुनै आश्चर्य छैन । उनीहरुले यस सत्ता गठबन्धनबाट नेपालको राजनीतिमा आफ्नो प्रभाव विस्तार गरेका छन् ।

प्रचण्ड आफैंले चीनको स्वार्थलाई कसरी पछ्याउने छन्, त्यो भने हेर्न बाँकी छ । सत्तामा आउनका लागि यी प्रतिक्रियावादी शक्तिहरूसँग गठबन्धन गर्नु उनको अतुलनीय अवसरवाद हो ।

नेपालमा सन् २००६ सम्मको जनआन्दोलनपूर्वका नेता सत्ताको भोको राजनीतिज्ञ बनेका छन् जसले जनताको हितविरुद्ध आफूले पहिले लडेकाहरूसँग सम्झौता गर्दैछन् । नेकपा माओवादी केन्द्रले २१ सिट, नेकपा एमालेले ४३ सिट र सबैभन्दा ठूलो मधेसी पार्टीले २२ सिट गुमाएको तथ्यबाट जनताले वामपन्थी भेषका यो भ्रष्ट राजनीति चाहँदैनन् भन्ने कुरा प्रष्ट हुन्छ । नेपालमा वामपन्थी मतदाता ५८ प्रतिशत थिए ।

चुनावी नतिजाको लागि धेरै महत्त्वपूर्ण कुरा यो पनि छ कि, अन्य देशहरूमा आप्रवासीको रूपमा काम गर्ने अधिकांश नेपाली श्रमिक वर्गले चुनावमा भाग लिन पाएका छैनन् । चुनावमा उनीहरुले आफू बसेको ठाउँबाट मतदान गर्न पाउँदैनन्, त्यसका लागि नेपाल फर्कने अवसर पनि पाउँदैनन् । यसैबीच, नेपाली कमरेडहरूका अनुसार रेमिट्यान्स देशको तेस्रो ठूलो आर्थिक क्षेत्र हो ।

(गाभी जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) तथा क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय संगठन (आईसीओर)का नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार