भिवानी । धर्मलाई अनेकन प्रपञ्च गरि शोषणको माध्यम बनाइएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले नगर समिति भिवानीका अध्यक्ष मोहन सिंह बिककी आमा नैनादेवी विकको श्रद्धाञ्जली सभामा सो धारणा राख्नुभएको हो ।
‘कैयौंले आमा बुवा जीवीत हुँदासम्म कुनै वास्ता नगर्ने, मृत्यु पछि अनेकन संस्कार गर्ने गरेका छन् । समाजमा शिक्षाको अभावमा रहेका अन्य जातिहरू माथी त्यस समयका कथित उच्च जातिहरूको षडयन्त्र र कमाउने माध्यम हो । समाजलाई कुरितीले जकडेको छ ।’ खनालले भन्नु भयो- ‘शास्त्रको नाममा शोषणको जाल हो । मृत्यु भएको घरमा गरूण पुराण पठाउने प्रचलन बावु आमा अगती पर्छन् आत्माले शान्ती मुक्ती पाउँदैन भनी दोहन गरेर आर्थिक लाभ गर्ने उद्धेश्य नै हो ।’ यो संसारमा जे छ, यही छ मृत्यु पछि सबै समाप्त हुने खनालले बताउनु भयो ।
‘स्वर्ग नर्क सबै अन्धविस्वास हो । दानको नाममा आफुलाई लाभ हुने बस्तु स्वीकार गर्ने, अन्यलाई अस्वीकार गर्ने परम्परा छ ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘पहिले गाई मुल्यवान हुँदा स्वीकार्य, अहिले हेला भएको सबैलाई अबगत छ ।’ त्यती मात्र नभई धार्मिक ग्रन्थहरूले समाजमा भेदभाव बढाउने काम गरेको खनालको भनाई थियो ।
सम्पूर्ण मानव जातिले वैज्ञानिक सोँचको बिकास गर्नुपर्ने र भौतिकवादी जीवनशैली अपनाउनु पर्नेमा खनालले जोड दिनु भयो । ‘बुवा आमाको मुक्तीको नाममा पुरानो संस्कार र लोकराज जोगाउन अनावश्यक अन्धविश्साका कार्यहरु गर्न आवश्यक छैन ।’ खनालले भन्नु भयो- ॅयदि पुन्यको काम नै गर्ने हो भने, आफ्नो आर्थिक अवस्थाले भ्याए अनुसार अनाथ आश्रम, बृद्धा आश्रम, स्कुल जस्ता सामाजिक कार्यमा सहयोग पुर्याउनु नै सच्चा श्रद्धा हुन्छ ।’
वहाँले स्व. नैनादेवीका साथै क्षेत्रीय सदस्य मणीराम अधिकारीको बुवा स्व. मतीराम अधिकारी र पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति पनि एकता समाजको तर्फबाट श्रद्धान्जली प्रकट गर्नु भएको थियो ।
बिबि कोपिलाको अध्यक्षता र भिम बहादुर रायमाझीको सञ्चालनबाट अगाडि बढेको सो श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य सालिकराम आचार्य, नगर समितिका डिलबहादुर भट्टराई, नगर अध्यक्ष मोहन सिंह बिकले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।