खतराको घण्टी

English English Nepali Nepali

विष्णु शर्मा (पाण्डेचरी)

चुनाब आउँछ थोरै लाग्छ
जनतालाई अग्रगामी सरकारको आस।
कुनै आशा पूरा हुन्नन्
उल्टै जान्छ उनको सास।।

जे जसरी भए पनि
चाहिने सबलाइ सत्ता।
बाच्न गार्‍हो भो नेतागणलाइ
नभएमा भत्ता।।

केही नया युवा ल्यायो
जनादेशले छानी।
उनैलाई पहिला हतार भयो
सरकारमा जानी।।

केही गर्छन् कि भन्ने लाग्थ्यो
बिपक्षमा बसी।
थन्किए सरकारमा
लगाएर कसी।।

चर्का चर्का भाषण गर्थें
उफ्री उफ्री पहिले।
रुजेका बिराला सरी भए
सरकारमा गई अहिले।।

लोकतन्त्रमा हुन्छ भन्थे
जनादेशको कदर।
अबसरबादले गरिदियो
त्यो नियमलाइ बदर।।

सरकारको बिपक्ष हुन्छ
लोकतान्त्रिक ब्यबस्थामा।
सत्ता मोहले गलत साबित गर्य‍ो
हाम्रो देशको अबस्थामा ।।

जनता अचेत हुदा चल्यो
नेताको मनपरी।
त्यसैले देश जनताले
दुख पाए घरी घरी।।

जनता सचेत हुने दिन
कहिले आउने होला?
सचेत नभइ फेरिदैन
हजुर हाम्रो चोला।।

चिप्ला चिप्ला भाषणमा
नलर्कौ न हामी ।
शिर ठाडो पार्दैछन्
साम्राज्यवाद र प्रतिगामी ।।

खतराको घण्टी बज्यो
राष्ट्रियता माथि ।
यसै छोडे राख्छन् यिनले
देशको सार्बभौम र अखण्डता थाती ।।
। समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार