” दृढ बन”

खिमराज चालिसे

कर्ण प्रिय बाणी बोल जगको सर्वत्र हित गर।
उर्जा र शक्ति दिने जिवनको रंगिन गित भर।।
राम्रो प्यारो काम गर जिवनमा सधै उर्जा भर।
कालको जेठो कान्छो छैनौ धर्तीमा राम्रो काम गर।।
माटोमा मिसिने मनुज हामी यो अहंकार छोडौ।
धन थुपार्ने र मित्र, बन्धु गुमाउने कर्म छोडौ।।
धर्ती छोडदा अर्को न रमाउने व्यावहार छोडौं।
संसार बदल्ने संकल्पको राम्रो व्यवहार छोडौ।।
के को घमन्ड गर्छौ मनुज अल्ली पढेको छु भनी।
के को फुर्ती लगाउछौ तिमी अल्ली जानेको छु भनी ।।
के को अहंकार गर्छौ तिमी राम्रो जागिर छ भनी ।
के को बडप्पन तिम्रो बरै धन सम्पत्ती छ भनी।।
झुट र भ्रमका खेती छोड मित्रताको डोरी कस।
दन्द्ध छोडी अब मित्रताको मजबूत डोरी कस।।
नाम अनि दामको पछि नभाग राम्रो कर्म गर।
जीवनमा नराम्रो बन्छौ किन अब सत्कर्म गर।।
धनले धनि के बन्छौ मनको मनग्गे धनि बन।
अरुको कुरा काटन छोड नम्रताको धनि बन।।
लडने लडाउने बिचार छोड राम्रो मान्छे बन।
अब त परिवर्त्तन को पथमा लौन दृढ बन।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार