
बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी ५ बिनामारेको आठौँ वडा सम्मेलन पर्यटकीय स्थल रिठे डाँडामा भव्यरुपमा सम्पन्न भएको छ । सो सम्मेलन १० माघ २०७९ का दिन सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राजमो केन्द्रीय सदस्य डिलबहादुर दर्जिले राष्ट्रिय जनमोर्चाको निति र कार्यक्रमका बारेमा स्पष्ट पार्नु भएको थियो ।
सो, कार्यक्रममा समितिका सचिव नारन पौडेलको संचालन र समितिका अध्यक्ष भवानी पाण्डेको अध्क्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रिय सदस्य डिलबहादुर दर्जि, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, जैमिनी नगरपालिकाका सदस्य गिता विक, वडा सदस्य बिष्णु शर्मा, राजमो निवर्तमान वडा अध्यक्ष गोपाल पौडेल, राजमो नगरपालिका सल्लाहकार बालाकृष्ण शर्माले अतिथि आशन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा १ मिनेट सहिदहरुप्रति मौन धारण गरिएको थियो भने उपस्थित सबैलाई बिष्णु शर्माले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
उक्त भेलाले गोपाल पौडेलको अध्यक्षतामा १५ पुर्ण ६ वैकल्पिक ८ सल्लाहकार गरि २९ सदस्यीय राजमो जैमिनी ५ वडा समिति चयन गरेको छ ।
जसमा अध्यक्ष– गोपाल प्रशाद शर्मा, उपाध्यक्ष –पुष्प थापा, सचिव– बिष्णु शर्मा, सह–सचिव–नारायण पौडेल, कोषाध्यक्ष– गिता कुमारी विक रहनु भएको छ भने सदस्यहरूमा केदार शर्मा, पुर्णकला आचार्य, उजेली नेपाली, संगिता सुनार, भिमबहादुर थापा, चित्रमाया सुवेदी, रामचन्द्र शर्मा, तिलक कौशल, सुमित्रा पौडेल र खुमनाथ शर्मा रहनु भएको छ ।
वैकल्पिक सदस्यहरु माया बोहरा, लक्ष्मी सुनार, देवी शर्मा, जिवन नेपाली र २ स्थान रिक्त राखिएको छ ।
सल्लाहकार सदस्यहरु भवानी पाण्डे, बालाकृष्ण पौडेल, प्रमान्द विक, रवि पौडेल, नवराज पौडेल, चिन्तामणी आचार्य, हर्कबहादुर थापा, लालबहादुर थापा रहनु भएको छ ।
निर्वाचित कार्यकारिणी सदस्यहरुलाई सफल कार्यकालको शुभकामना लोकेन्द्र पौडेलले दिनुभएको थियो भने प्रमुख अतिथि र राजमो बिनामारेका वरिष्ठ सदस्य लाल बहादुर थापाले अविर फुल लगाएर स्वागत गर्नु भएको थियो ।
















