प्युठानमा चोरको बिगबिगी

प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सझा एक घरमा चोरी भएको छ । झिमरुक-५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।

घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भागेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी कार्य भैरहेपनी फेला परेको छैन । संगिता खड्कालाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको छ ।

त्यसै गरि झिमरुकको तुसारामापनी एकमहिलामाथी चोरले आक्रमण गरेर फरार भएको स्थानीयले सामाजिक संजाल फेसबुकमा लेखेकाछन । प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार