रोहतक मूल प्रवाहको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

धर्म सुनार प्युठानी
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको सञ्चालनमा सुरु भएको कार्यक्रममा क्षेत्रीय सदस्य रेशम विक र नगर समितिका बरिष्ठ सदस्य गणेश शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा उपस्थित साथीहरुलाई नगर समितिका उपाध्यक्ष उषा विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा हिसार रोड एरिया समिति, महिला बिभाग, सिभिल लाइन एरिया समिति, सुभाष नगर टोल समिति, आदर्श नगर टोल समिति, कमल कालोनी टोल समितिले भाग लिएका थिए । प्रतियोगितामा राजनैतिक, भौगोलिक, सामाजिक, इतिहासिक र जनरल नोलेज सम्बन्धित प्रश्नहरु सोधिएको थियो ।

जसको सही जवाफ दिएर तेस्रो स्थानमा रहेको टिम सुभाष नगर टोल समिति दोस्रो स्थानमा सिभिल लाइन एरिया समिति र हिसार रोड एरिया समिति प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

बिजयी भएका टिमलाई अतिथि आसन गर्नुभएका रेसम विक, गणेश शर्मा र सुभाष गौतमद्वारा प्रोत्साहन स्वरुप अबिर मेडल र सिल्ड प्रदान गर्दै बधाई दिनुभएको थियो ।

कार्यक्रममा हर्ष ब्यक्त गर्दै सम्पुणर् साथीहरुलाई यस प्रकारको कार्यक्रम कम्तीमा पनि सालमा २ पटक राख्नुपर्ने सुझाव रेसम विकले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार