चेन्नईमा भलिवल प्रतियोगिता सम्पन्न

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको तत्वावधानमा नगर स्तरिय भलिवल प्रतियोगिता सम्पन्न पारिएको छ । १९ जनवरी २०२० का दिन चेन्नईको मोगापेरमा सम्पन्न उक्त खेलकूद कार्यक्रमको सञ्चालन अर्जुन केसीले रे अध्यक्षता हेमराज रिजालले गर्नु भएको थियो ।

अतिथिहरुको आशन ग्रहण पछि एक मिनेट सहिदहरूप्रति मौनधारण पशुपति शर्माले उपस्थित जनसमुदाय तथा खेलाडीहरुलाई स्वागत गर्नु भएको थियो ।

खेलकूद कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले तालीको करतालमा गर्नु भएको थियो । थापाले उद्घाटन मन्तव्यमा संगठनमा आबद्ध हुनुभन्दा पहिला खेल खेल्दा हुने गरेका बिसंगतिहरू औलाउँदै पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा लागे पछि ठूलो सुधार आएको र मूल प्रवाहले नै युवाहरूलाई सहि मार्गदर्शन गर्ने बताउनु भयो ।


कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय सदस्य केसमान नेपाली, क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

खेलमा चेन्नई पश्चिम नगरका ४ टिम, पूर्व नगरका २ टिम र चेन्नै दक्षिणका २ टिम गरि जम्मा ८ टिमहरु सहभागि थिए । भलिवल प्रतियोगितामा पूर्व नगर ए टिम प्रथम, पश्चिमी नगरको डि टिम द्धितिय भएका थिए । खेलमा पूर्ण सुनार उत्कृष्ठ खेलाडीे मूनाल नेपाली अनुशासित खेलाडीको रूपमा पुरस्कृत भएका थिए । खेल ब्यबस्थापन गर्नको लागि ६ जना अम्पायरहरू पदम पौडेल, उमानन्द शर्मा, हरि जिसी, सुनील बिक, बिकास शर्मा र अर्जुन परियारले बिषेश योगदान दिनु भएको थियो ।

बिजयी टीमहरूलाई प्रमुख अतिथि केबी थापा र क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले पुरस्कार प्रदान गर्नु भएको थियो । बिजयी टिम तथा खेलाडीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मदन शर्मा र क्षेत्रीय प्रतिनिधि दयाराम खनालले बधाइ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार