गजल : जुटेका छन् दलाल

केशव गाहा (पाल्पाली)

यो एमसीसी राष्ट्रघाती सम्झौताका लागि
जुटेका छन् दलाल आफ्नो फाईदाका लागि

देश ईराक बनोस् या सिरिया मतलब छैन
अरबौं रकम ठुलो हो फटाहाका लागि

यश चाहिएको छ आराम चाहिएको छ
नेता बनेका हुन् यीनीहरु पैसाका लागि

मान्छे मार्ने बम बर्साउने सामान्य कुरा हो
साम्राज्यवादी दुश्मन अमेरिकाका लागि

छलफल गरौं र समग्रमा यत्ति बुझौं
यो एमसीसी खतरा छ गरिमाका लागि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार