रोहतकमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

धर्म सुनार प्युठानी/रोहतक, ८ मार्च २०२३ । रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

महिला बिभागकी संयोजक सिता परियारको अध्यक्षता र नगर सदस्य कल्पना परियारको संचालनमा शुरु भएको कार्यक्रममा नगर समितिका अध्यक्ष सुभाष गौतम, नगर समितिका बरिष्ठ सदस्य गणेश शर्मा, नगर सदस्य धर्म सुनार प्युठानी, सिविल लाईन एरिया अध्यक्ष विक्की परियार र साबित्रा दमसेले अतिथि आसन ग्रहण गर्नु भएको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित सम्पूणर्लाई गोमा परियारले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिको आसनबाट साबित्रा दमसे, गणेश शर्मा, सुभाष गौतम, विक्की परियार, लक्ष्मी मल्ल र धर्म सुनारले महिलाहरुको बिषयमा आ-आफ्ना बिचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार