
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पाण्डीचेरी नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा ११३ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य एवम् सानदार रुपमा सम्पन्न भएको छ ।
जमुना शर्माको अध्यक्षता, बिस्नु शर्माको सञ्चालन तथा केन्द्रीय सदस्य भगवती कुँवरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई महिला नगर विभागकी सदस्य सरस्वती गायकले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय समितिकी सदस्य भगवती कुँवर, क्षेत्रीय समितिबाट डील्ली प्रसाद शर्मा, नगर समितिबाट हरि बहादुर कार्की, भद्रबहादुर जि.सी., राजेन्द्र जि.सी., रबि पौडेल, मध्ये दक्षिण टाउन एरिया समितिको तर्फबाट मुना दर्लामी, मुदलिएरपेट एरिया समितिको तर्फबाट संझना गायक, माया गायक, सितल गायक, लक्ष्मी गायक लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे आ—आफ्ना धारणा राख्नु भएको थियो ।















