भिवानीमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

बिकास मल्ल, भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भिवानी अन्तर्गत नगर महिला बिभागले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।

उर्मिला कोपिला को अध्यक्षता, कमला परियारको संचालनमा सम्पन्न सो कार्यक्रमा उपस्थित सम्पूर्णलाई अमृता सुनारले स्वागत गर्नु भएको थियो ।

शहिदहरुको सम्झनामा १ मिनेट मौन धारणपछि अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य सालिकराम आचार्य, भिवानी संस्थापक सदस्य बि.बि. कोपिला, नगर अध्यक्ष मोहनसिंह वि.क., डिल बहादुर भट्टराई, गोवर्धन सुनार, बिमला जि.सी., राधा वि.क., सिता भुसाल लगायतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको महत्वको बारेमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार