गडिमा महिला टोल समिति गठन

२६ फेब्रुअरी २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गडिमा महिला टोल समिति गठन भएको छ । समाजका नयाँ दिल्ली नगर समितिका सचिव विष्णु खनालको विशेष पहलमा भएको भेलाले सो समिति गठन गरेको हो ।

तिलक खनालको अध्यक्षता रहेको सो भेलाको सञ्चालन दिनेश पन्थीले गर्नु भएको थियो । मूल प्रवाहका केन्द्रीय सदस्य शिव के.सी.को प्रमुख आतिथ्यतामा भएको सो भेलाले मनकला भुसालको अध्यक्षतामा १५ सदस्यीय गडिमा महिला टोल समिति निर्माण गरेको हो ।

जसको सचिवमा हिमा भण्डारी, कोषाध्यक्षमा कमला पौडेल शर्मा तथा सदस्यहरुमा जानकी भट्टराई, सरस्ता खनाल, पुष्पा खत्री, रमा खनाल, शुशिला बेलवासे, कमला पाण्डे, शान्ति परियार, हेमकला भुसाल, माया आचार्य, गंगा घिमिरे, चित्रा भट्टराई र ममता क्षेत्री रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार