हिसारमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

तारा सोमरे । ८ मार्च २०२३ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीद्वारा संचालित महिला विभागको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

सीता पोख्रेलको अध्यक्षता तथा कमला बगालेको संचालनमा भएको सो कार्यक्रममा उपस्थित सम्पूर्णलाई दुर्गा शर्माले स्वागत गर्नु भएको थियो । कार्यक्रममा ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा एकमिनेट मौन धारण गरिएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एककता समाजका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरु जागरुक भएर आफ्ना आवाजहरु बुलन्द नगर्दा सम्म महिला मुक्ति सम्भव नभएको कुरा बताउनु भएको थियो । उहाँले १९०८ देखि शुरु भएको महिला संघर्ष सँगै १९१० मा क्लारा जेटकिनको प्रस्तावलाई अगाडी बढाउँदै १९११ देखि महिलाहरुको शोषणको विरुद्ध ८ मार्च विशेष रुपमा मनाउँदै आएको कुरा बताउनु भएको थियो ।

सो कार्यक्रममा केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्ती मगर, समता विभागका नारायण वि.क., क्षेत्रीय महिला विभागकी सेती राना, नगर समितिका बाबुराम पोख्रेल, जनजाती विभागका मन बहादुर घर्ती, थमन बिसि मगर, योगेन्द्र दर्लामी, विद्यार्थी विभागकी दिपा लमतरी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा महिला दिदी–बहिनी तथा बच्चाहरुको बिचमा कुर्सी दौड खेल सम्पन्न भएको थियो । जसमा प्रथम सुनिता कुँवर, द्वितीय मंजु र तृतीय दुर्गा हुनु भएको थियो भने बच्चाहरुको खेलमा प्रथम दिपास, द्वितीय दिव्यासी र तृतीय भिम भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार