
८ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत महिला नगर विभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

मीना थापाको अध्यक्षता तथा मीना गाहाको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, धन बहादुर गोर्खाली, जितमान थापा, मीना बगाले, लक्ष्म्ण के.सी., नारायण पोख्रेल, राजेन्द्र थापा, वासुदेव पौडेल, अमित सुनार, राजेश के.सी., चन्द्र बस्याल, अन्जली थापा, विवेक सारु लगायतको आतिथ्यता रहेको थियो ।
















