प्युठानकी मुटुरोगी कमला बस्नेतलाई मूल प्रवाह चंडिगढको सहयोग

खिमराज चालिसे, चंडिगढ । ११ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले प्युठान घर भई हाल भारतको चंडिगढ स्थित मेडिकल कलेज सेक्टर ३२ मा उपचार गराउँदै आएकी मुटुरोगी, एकल महिला कमला बस्नेतको उपचारार्थ आर्थिक सहयोग गरेको छ ।

आज मूल प्रवाह चंडिगढ नगर अध्यक्ष मान बहादुर केसीको नेत्तृत्वमा केन्द्रीय सल्लाहकार प्रेम आचार्य, विद्यार्थी संघ केन्द्रीय सदस्य बिष्णु बेल्बासे र नगर सदस्य थमन थापा पीडितको डेरामा पुगेर ने.रु. १०,०००/- (अक्षेरुपी दश हजार) सहयोग हस्तान्तरण गरिएको हो ।

आर्थिक स्थिति कमजोर रहेकी एकल महिला कमला बस्नेत प्युठान जिल्लाको ऐरावती गाउँपालिका वार्ड नम्बर ६ मन्द्रीप निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार